Birat Post शुक्रबार, आषाढ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ असार । पार्टीको १४औं महाधिवेशनपछि नेपाली कांग्रेसले पहिलोपटक बोलाएको जिल्ला सभापतिहरुको दुई दिने भेला सम्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा बिहीबार र शुक्रबार आयोजित जिल्ला सभापतिहरुको दुई दिने भेला ४बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै सम्पन्न भएको हो ।

शुक्रबारको बैठकमा जिल्ला सभापतिहरु- योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु(पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत(नुवाकोट)ले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै, जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा का.वा. सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापतिबीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरु- बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराजमिश्र(कैलाली), गुप्तनिधिशर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरु- मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल