Birat Post मंगलबार, बैशाख १८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ बैशाख । प्रष्टरुपमा अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत चैत २६ गते नेकपा एमाले र माओवादी केनद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् ।

कार्कीले वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएको भन्दै विश्वासको मत लिनुनपर्ने अडानमा छन् । कार्कीले विश्वासको मत नलिने अडान लिएपछि गत साता एमाले र माओवादीले प्रदेश सभाको विशेष अधिवेशनमार्फत संकल्प प्रस्ताव पारित गरेका थिए ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र किशोरचन्द्र दुलाल र गणेशप्रसाद उप्रेती समर्थक रहेको सो प्रस्ताव बहुमतले पारित भएको थियो । संकल्प प्रस्ताव पारित भएपछि प्रदेश सभाले कार्कीलाई विश्वासको मत लिने निर्देशन दिएको थियो । तर, कार्कीले निर्देशन नमान्ने बताउँदै आएका छन् ।

वैशाख २५ गतेसम्म विश्वासको मत नलिने उनलाई सोही दिन स्वत पदमुक्त गरेर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । सो तयारीबारे जानकारी पाएपछि कार्की आज तीन पन्ने पत्र बोकेर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल