Birat Post बुधबार, आश्विन ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,९ असोज । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव ६ , पाल्पा अर्चलेमा ४९, मकवानपुरको मकवानपुरगढीमा ४१ दशमलव ६ २ मिलिमिटर वर्षा मापन भएको छ ।

आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ । सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ । ती क्षेत्रका २७ जिल्लामा भोलिदेखि धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन् । यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन् ।

सम्बन्धित

ताजा अपडेट
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल