Birat Post शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर , १२ पुस ।
अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ ।

शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसरले अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव भोगिरहेको स्विकार गरे उनले यस्तो समस्या समाधानका लागि तीनै तहका सरकारहरुको सहयोग रहनेमा आशावादी रहेको बताए । उनले श्रवण दृष्टिविहिन अपाङ्गताको विषयमा जानकारी गराउदै बोल्दा सबैले अपाङ्गता मैत्री शब्दको प्रयोग गर्न सुझाए । महासंघले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि आवाज उठाउदै आएको बताए ।

यस्तै विराट बहिरा माविका प्रधानाध्यापक मिनु अधिकारी दाहालले अपाङ्गता भित्रपनि विविध खाले अपाङ्गताका अवस्था भएको र सोही अनुरुप शिक्षा र सीपको आवश्यकता रहेको औल्याइन् । पढाएर मात्रै नभइ सीप पनि दिएर सक्षम बनाउनुपर्नेमा दाहालले जोड दिइन् । यस क्षेत्रमा राज्यले समेत उचित लगानी गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

यस्तै आदर्श माविका सहयाक प्रधानाध्यापक इन्द्र चौहानले अपाङ्गताको क्षेत्रमा जुनरुपमा राज्यवाट सहयोग पाउनुपर्ने हो त्यो नपाएको बताए । उनले दोभाषे शिक्षकको अभाव,अपाङ्गता र यसका आयामहरु बुझेका मानिसहरुलाई काममा टिकाइरहन कठिन हुने गरेको बताए । राज्यका निकायवाट उचित सहयोग पाए अपाङ्गता भएका मानिसहरुलाई सक्षम र सीप हासिल गर्न योग्य बनाउन सकिने बताए ।

यस्तै श्रवण दृष्टिविहिन अपाङ्गताको तर्फबाट बोल्दै कृष्णमाया अधिकारीले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै निकायका व्यक्तिहरुले उठाउनु पर्ने बताइन् । अपाङ्गता भएका व्यक्तिहरुका अवरोधहरु पहिचान गरी समस्याहरु समाधान गर्नु पर्ने कुरामा उनले जोड दिइन् । कार्यक्रममा दोभाषे सन्तोषी तिवारीले सांकेतिक वक्तव्य गरेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल