Birat Post सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर १२ माघ ।
झापाको बिर्तामोडबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी, बिर्तामोड–६ का २० बर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन् । उनिहरुलाई १९ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारर्मा लाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरु तिनै जनालाई पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगर चोक एरियाबाट १२००ग्राम गाँजा सहित बुद्धशान्ती–१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

यसै गरी मोरङ बिराटनगर–१५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन् । उनलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET- ७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल