Birat Post बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,११ कार्तिक ।
विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो । बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेका हुन् । प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली,उपमेयर इन्दिरा कार्की,वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगत लगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने बताइएको छ ।

स्वदेशी लगानीकर्ताहरुकै लगानीमा बन्ने उक्त कमप्लेक्सको लगानी झण्डै ५ अरब भन्दा बढिको हुने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीकारुपमा रहेको विराटनगरले अन्तराष्ट्रिय स्तरको व्यापारिक कमप्लेक्स पाउन आटेको बताए । यो योजनाले शहरको सुन्दरता,स्थानिय आर्थीक उपार्जन हुनका साथै आर्थीकरुपमा विराटनगर महानगर समेत सवल बन्ने कार्कीले बताए ।

यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालिन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडी बढाएको बताए । कुनै पनि विकास आफ्नै पालामा सम्पन्न हुनुपर्छ जरुरी छैन मेयर पराजुलीले भने “राम्रो कामको शुरुवात भएको छ ,केही बर्षमै सम्पन्न हुनेछ ।” आधुनिक,सुविधासम्पन्न र अन्तराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशिल शहरकारुपमा स्थापित हुने मेयर पराजुलीको भनाइ थियो ।

कार्यक्रममा वडा नंं ९का वडाध्यक्ष बिश्वनाथ भगतले व्यापारिक कमप्लेक्स बनाउन वडास्तरवाट गर्ने सवैखाले प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै परियोजना संझौताको रोहवरमा विराटनगर महानगरका सामुदायिक साखा प्रमुख पुनम दाहाल र प्रदेश लगानी प्राधिकरण प्रदेश १ का अधिकृत वासुदेव कुवर रहेका छन् । व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनिसक्ने छ भने यसमा निजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानूनी व्यवस्थाको अधीनमा रही परियोजना सम्पन्न गरिने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल