Birat Post शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ बैशाख ।
पूर्व सूचना बेगर औद्योगिक क्षेत्रमा १२ घण्टा भन्दा बढी विद्युतआपूर्ति अवरोध हुदै आएको भन्दै मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपालउद्योग परिसंघ, प्रदेश १ ले विरोध जनाएको छ । यस्तै अवस्था रहीरहे सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी नेपाल बिद्युत प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रन सक्ने चेतावनी व्यवसायीले दिएका छन् । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनको चरणमा पुग्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

नेपालउद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरे , मोरंग व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष प्रदीप मुरारकाले सम्युक्त पत्रकार सम्मेलन गर्दै बिद्युत प्राधिकरणले लोडसेडिङ तालिका सार्वजानिक नगर्दा औद्योगिक क्षेत्र अन्यौल र अस्तव्यस्त बन्दै गएको गुनासो गरे । पछिल्लो समय सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीलाई ‘अन्सेडुयूल’ लोडसेडिङले हैरानी पारेको छ ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले नेपाल बिद्युत प्राधिकरणको भारप्रेषण केन्द्रले कुन दिन कहाँ र कति समय लोडसेडिङ हुन्छ भन्ने ‘सेड्यूल’ नै जारी नगर्दा समस्या खेप्नु परेको बताए । लोडसेडिङका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त मात्र नभइ कामदारहरु पाल्न नसक्ने स्थितीमा पुगेको गुनासो व्यवसायीको छ ।

बिद्युत अनियमित भएसँगै रोजगारी कटौतीको स्थितीमा पुगिएको नेपालउद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरेले बताए । बिद्युत आपूर्ति प्रणाली सहज हुने स्थिति नआएसम्म उद्योगीको समस्या थप जटिल बन्दै जाने घिमिरे बताउछन् । प्राधिकरणले सेड्यूल नदिए प्राधिकरण विरुद्ध सशक्त आन्दोलनमा उत्रने उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल