Birat Post आइतबार, चैत्र १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम रोक्न उनीहरुले आग्रह गरेका थिए ।

बैठकको शून्य समयमा बोल्दै सांसद डोल्मा तामाङ, सिर्जना राई, किशोरचन्द्र दुलाल,मीना श्रेष्ठ,गीतादेवी रेग्मी,खगेश्वरी पौडेल र होमबहादुर थापाले नयाँ सरकारले गठन भएको २४ घण्टा नबित्दै गरिएका धरपकडहरु गलत भएको र तत्काल नेताको रिहाइ गर्न माग गरे ।

्यस्तै विशेष समय लिएर बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम रोक्न आग्रह गरे । हिजोका दिनमा विश्वइतिहासलाई चकित पार्दै नेपालमा भएका अनेकौ राजनैतिक समस्याको हल गरिएको भन्दै उनले धरपकडको राजनीति नगर्न आग्रह गरे ।

नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम रोक्न उनीहरुले आग्रह गरेका थिए । उनले भदौ २३ र २४ को घटना छानविन गर्न बनेको आयोगको प्रतिवेदनलाई आधार बनाएर गैर कानूनीरुपमा धरपकट गर्ने र देशलाई द्वन्द्वमा धकेल्ने काम नगर्न सुझाए ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल