Birat Post बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ बैशाख ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ ।

यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको छ । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधिको अवस्थामा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ ।

यसै गरी प्रदेश १ मा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना संकलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ । निर्वाचनको पहिलो घेरामा रहने नेपाल प्रहरीको संख्या भने १० हजार ५५१ जना प्रहरी मैदानमा खटिएका छन् । नेपाल प्रहरी बाहेक निर्वाचनका लागि थप १७ हजार ३८२ म्यादी प्रहरी पनि परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पतंजली योग समिति विराटनगरद्वारा नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल