Birat Post शुक्रबार, आषाढ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१७ असार ।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार भेटेर सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता पठाउन भनेको जसपा उच्च स्रोतले बताएको छ ।

विभाजनको सङ्घारमा रहेको जसपाले विभाजनअघि सहमतिमै मन्त्री हेरफेर गर्न चाहेको छ । जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन् ।

अध्यक्ष उपेन्द्र यादवले मन्त्री पठाउने र फिर्ता बोलाउने अख्तियारी पाएसँगै मन्त्री हेरफेर गर्न लागेका हुन् । सम्भावित नामहरुमा यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेष्ठको नाम सिफारिस गरेको बुझिएको छ । त्यस्तै डा सूर्य नारायण यादवलाई वन तथा वातावरण, मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात तथा डा सुरेन्द्र यादवलाई कृषि तथा पशुपंक्षी मन्त्रालयमा सिफारिस गरेको बुझिएको छ ।

यद्यपि अहिलेसम्म भएका मन्त्रीहरुले राजीनामा नदिएसम्म नयाँ मन्त्री बनाउन नमिल्ने भन्दै अझै कुरा बाझिएको जसपा उच्च स्रोतले जनाएको छ । सम्भावित मन्त्रीको सूचीमा परेका एक जनाको भनाइ अनुसार अहिले नै सबै फाइनल भैसकेको छैन । डा बाबुराम भट्टराई पक्ष भने जसपाबाट बाहिरिने लगभग निश्चित भएको छ ।

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल