Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ असार ।
कांग्रेसका भ्रातृ संस्थाको संख्या १५ र शुभेच्छुक संस्थाको संख्या २७ पुग्ने भएको छ । यो प्रस्ताव आजदेखि बस्ने नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ। बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरूलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रूपमा अनुमति प्रदान गर्नेछ।

अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ। आज दिउँसो १ बजे बस्ने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ।आइतबार बसेको पदाधिकारी बैठकले दुईवटा भ्रातृ संस्था र नौवटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो। भ्रातृ संस्थाका रूपमा नेपाल थारू संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाको रूपमा मान्यता दिने तयारी भएको हो।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल