Birat Post बिहिबार, साउन १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ साउन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् ।
बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन ।
‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न,’ प्रचण्डको भनाइ उद्धत गर्दै स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘एमालेसँग सहकार्य सम्भव छैन ।’

प्रचण्डले बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी गराएका थिए। हालको गठबन्धन भित्रकै वापमन्थी दलहरुबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताएका थिए ।

‘गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छ । तर, पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन,’ बैठकमा प्रचण्डले भनेका थिए ।
पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न भोलि शुक्रबार पनि बैठक बस्ने गजुरेलले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल