Birat Post सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ असोज ।

मोरङमा नेकपा एमालेबाट प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले यसपटकको चुनावी प्रतिष्पर्धा अर्थपूर्ण हुने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङले आइतबार साँझ विराटनगरमा आयोजना गरेको उम्मेद्वार भेटघाट कार्यक्रममा एमाले नेताहरुले यो निर्वाचनको कार्यदिशा नै संविधानको पूर्ण कार्यान्वयन भएकाले चुनावमा गठबन्धन र तालमेल भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा मोरङ ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेलाई घेराबन्दी गर्ने कार्य भएकाले एमालेले बाध्य भएर गठबन्धन गरेको बताए । उनले सत्तासीन दलले गठबन्धन गर्नुको कारण प्रमाणित गर्न नसकेको बताए । एमालेले एक्लै सरकार बनाउनका लागि केहि स्थानमा तालमेल गरेको उनको भनाइ थियो । ‘एमाले एक्लैले स्थायी सरकार सञ्चालन गर्ने हो । त्यसका लागि तालमेलमात्र गरिएको हो ।’ उनले थपे ‘अब बन्ने सरकारले संविधानको पूर्ण कार्यान्वयन गर्ने भएकाले पनि यो अर्थपूर्ण छ ।’
एमाले स्थायी समित सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका उम्मेदवार लालबाबु पण्डितले एमालेले विगतमा राम्रो जनमत प्राप्त गरेको भन्दै चुनावी अभियानलाई तीव्रता दिइने बताए । उनले विगतमा जस्तै यो पटक पनि एमालेले राम्रो जनमत प्राप्त गर्ने दाबी गरे ।

एमालेले जसपासँग तालमेल गरेपनि मोरङका कतिपय राम्रो मत प्राप्त गरेका क्षेत्रहरूमा फेरि पार्टीले आफ्नै उमेदवार उठाएको सुनाए । मोरङका प्रदेशसभामा नेता जीवन घिमिरे र पर्शुराम बस्नेतले पार्टीको निर्णयअनुरूप नै उमेदवारी दर्ता गराएको पण्डितले बताए । जसपालाई दिएको क्षेत्रमा एमालेले पुनः आफ्नै उमेदवार उठाएको हो । कार्यक्रममा मोरङ क्षेत्र नं.४ का प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकाल, क्षेत्र नं.६ का उमेदवार लालबाबु पण्डितका साथै प्रदेशसभाका उम्मेद्वारहरु जयप्रकाश चौधरी, जीवन घिमिरे, रीता न्यौपाने र पर्शुराम बस्नेत समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल