Birat Post बिहिबार, आश्विन २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रोशिका अधिकारी

कोही पनि व्यक्ति आफैमा परिपक्व र परिपूर्ण हुन्छ भन्नेमा म विश्वास गर्दिन । समाजका लागि राम्रो गर्छु भन्नेहरुपनि कहिलेकाही त्यही समाजवाट विचलित बन्छ र बन्न बाद्य पनि छन् । परिपक्वता भन्ने विषय काम गर्दै जादा आउने पक्वता हो । परिपूर्ण भन्ने विषय जीवनको उत्तरार्धमा पनि हुन्न । मानिसले असन्तोष गर्नु पनि पर्छ तर जल्नेगरी भने होइन । यही समाजका ती पात्र जसलाई म खोतल्न खोजीरहेको छु । केही समय देखिका गतिविधि नियाल्दै म एउटा निष्कर्षमा पुगे र यो आलेख लेख्दै छु ।

भीम पराजुली बुझ्नेहरुले भन्न थाले “भीम त भुइ मान्छे हो नी उसको न बाबु प्रधानमन्त्री न मन्त्री ?उ आज जहाँ आइपुगेको छ ,त्यो उसको धर्म र इमान्दारिताले हो । मैले नजिकबाट नियालेको मानिस भीम पराजुली बास्तवमा भुइ मानिसनै हो ।

उनी हुन् युवा नेता भीम पराजुली । उनले यो कद बनाउन गरेको मेहनत देखेजस्तो सहज छैन । विद्यार्थी राजनीति बाट शुरु भएको यात्रामा उनको न समाउने न टेक्ने ठाउँ थियो । महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु सभापति ,नेपाली कांग्रेस विराटनगरको २ पटक सभापति,विराटनगर महानगरमा गणतन्त्र स्थापना पछिको पहिलो मेयर र मेयर हुदै गर्दा नेपाली कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भए । कांग्रेस विराटनगरको नगर सभापति बाट सिधै केन्द्रीय सदस्य बन्न सफल उनी सायद कांग्रेसको इतिहासमा उनिनै पहिलो होलान् ।

यति त उनको पदिय जिम्मेबारीका कुरा भए । २०७८ बैशाखमा भएको स्थानीय निर्वाचनमा उनी विराटनगर महानगरको पुनः मेयर बन्ने लक्ष्यमा दौडिए तर त्यहाँ भने सफलता हात लागेन । सगै मेयर बनेका भरतपुर महानगर रेनु दाहाल र ललितपुर महानगरमा चिरीवावु महर्जनले पुनः टिकट पाए उनीहरु विजयी भए । भीम पराजुली बुझ्नेहरुले भन्न थाले “भीम त भुइ मान्छे हो नी उसको न बाबु प्रधानमन्त्री न मन्त्री ? उ आज जहाँ आइपुगेको छ ,त्यो उसको धर्म र इमान्दारिताले हो ।

मैले नजिकबाट नियालेको मानिस भीम पराजुली बास्तवमा भुइ मानिसनै हो । उनले विराटनगर महानगरमा रहदा जे गरे समय अनुसार सही गरे । नियम ,कानुन ,ऐन केही थिएन । सवै बनाए । कर्मचारी अभाव थियो । स्थानिय र प्रदेशमा कर्मचारीको पूर्णतया अभाव थियो । त्यसलाई पूर्णता दिए । विराटनगर हिलाम्मे,धुलाम्मे र खाल्डा खुल्डीको शहर थियो ,एउटा राम्रो बसपार्क थिएन त्यो बनेको छ । आज जे छन् नयाँ संरचना त्यो भीम पराजुलीकै पालामा पुरा भएको हो । नयाँ संरचना अनुसार वडा कार्यालय थिएनन् । १९ वटै वडाकार्यालयहरु सञ्चालनमा ल्याए ।भवन सुधार अभियान चलाए । स्वास्थ्य कार्यालय थिएनन् । कोरोनाले मानिसलाई गलाएको थियो । स्वास्थ्यकर्मीको अभाव थियो ।काम गर्न मानिस नमान्ने स्थिती थियो । सवै वडामा क्वारेन्टाइन र स्वास्थ्य सेवाको पहुचलाई कमी हुन दिएनन् । शिक्षामा सुधार गरे । कामकै फेहरिस्त लगाउने हो भने धेरै लेख्न सकिन्छ ।

मानिसहरुले मुल्याङन गरिसकेका छन् । अहिले मानिस बुझ्ने मात्रै होइन समान ती ब्यक्तिहरुमार्थी विश्लेषण गर्नपनि सक्ने भएका छन् । आजको मितिमा भीम पराजुली आवश्यकता हुन् अर्थात् उनी डेटएक्सपाएर हुनेबेला भएको छैन । उनले जिम्मेबारीमा रहदा विराटनगरमा जे दिए त्यसलाई कम नआकौ । यो या त्यो नजिक या नातो वा सम्वन्ध मेरो पराजुली संग केही छैन ।

गुण र दोषका आधारमा आलेख लेख्ने जमर्को गरेको हु । अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यपदमा रहदा पनि उनको सक्रियतालाई आशाकोरुपमा हेरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुन गइरहेको छ । पराजुली प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । उनको आवश्यकता अझै छ । त्यसका लागि जनमतलाई पर्खनै पर्छ । मेरो तर्फबाट पराजुलीलाई जनमत बाट पाउने आगामी कार्यदिशा र जिम्मेवारीका लागि शुभकामना ।

 

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल