Birat Post शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१९ कात्तिक ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस ,एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठुला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।
काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उमेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उमेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ ।

मतदाता विकल्पको रुपमा रेखा प्रती आकर्षित हुन थालेका हुन । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी वस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करीब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका छन् । क्षेत्र नं ३ का कानेपोखरी, बेलबारी र पथरिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी वस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दवाब स्वरूप आफ्नो हस्ताक्षर संसद भवनामा पुर्‍याउन आग्रह गर्दै हस्ताक्षर उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन् । यस क्षेत्रमा ३५ देखी ४० हजारको हाराहारीमा सुकुम्बासी रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल