Birat Post सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ कात्तिक ।

नेपालको निर्वाचन प्रचार प्रसार भारतीय सञ्चार माध्यममा पनि हुन थालेको छ । निर्वाचनको मिति नजिकिदै जादा भारत संग सीमा जोडिएका जिल्लाहरुका उम्मेदवारहरुले भारतीय सञ्चारमाध्यमको प्रयोग गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुले चुनावी प्रचार प्रसारका कार्यहरु गरिरहेका छन् ।

विशेष गरी एफएमहरुमा निर्वाचन सामाग्री बजिरहेका छन् । जुन कुरालाई नेपालको निर्वाचन आयोगले चासो देखाएको छ । उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने गरिएको प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ ।

आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने सामग्री प्रसारण नहुने व्यवस्था गर्न चिठ्ठी लेखेको हो । निर्वाचनका बेलामा भारतीय सीमावर्ती जिल्ला र निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले त्यहाँका सञ्चार माध्यमहरुमा प्रचारप्रसार गर्ने चलन यथावत नै छ । विदेशी सञ्चारमाध्यममा निर्वाचन प्रचारप्रसारमा रोक लगाउने आचारसंहिता अनुरुप पत्राचार गरिएको निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले जानकार  दिए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल