Birat Post आइतबार, मंसिर २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ मंसिर /

विराटनगर महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत पहिलो चरणमा ४०२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । महानगरले गत सोमबारदेखि अभियान सञ्चालन गरेको थियो । पहिलो चरणको अभियान आइतबार सकिएको छ । ४ सय सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जसमा २४० वटा मेल र १६२ फिमेलको बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा गत मंसिर १९ गते विशेष समारोहका बीच शुभारम्भ गरिएको थियो । वडा नम्बर १८ बाहेकका सबै वडाबाट कुकुरको नियन्त्रण गरेर बन्ध्याकरण गरिएको यादवले बताए । विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिएको थियो ।

सहारा एनिमल केयरसँगको सहकार्यमा गरिएको अभियानमा बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिएको थियो । दोस्रो चरणको अभियान माघमा सञ्चालन गरिने छ । दोस्रो चरणको अभियानमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइनेछ ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल