Birat Post आइतबार, मंसिर २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ मंसिर ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुन: विवरण पठाउनका लागि भोलि ९सोमवार० दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटी देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।

उनलले भने– ‘आज हामीले छानविन गर्दा केही केही राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नमिलेको देखियो । त्यो विषयमा आज हामी राजनीतिक दलहरुलाई पत्राचार गर्छौं । र नमिलेको विवरण भोलि सोमवार ४ बजेसम्म राजनीतिक दलहरुले त्यो विवरण सच्याएर आयोगमा पेस गर्नुपर्छ । अनि आयोगले त्यसरी पेस भएको नामावलीहरुलाई निर्वाचित हुनेगरी निर्णय गर्छ । प्रतिनिधि सभातर्फ पेस भएको बन्दसूचीको विवरणमा कुनैपनि सच्याउनुपर्ने अवस्था छैन ।’

प्रवक्ता वाग्लेले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गरे ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल