Birat Post आइतबार, माघ १५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पुन: गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।

आइतबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले पुनस् आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

अमेरिकाको नागरिकता त्यागेपछि पुन: नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । तर, आइतबार नागरिकता पुन: प्राप्त गरेसँगै लामिछानेलाई रास्वपाले फेरि पार्टी सभापति पदमा चयन गरिसकेको छ ।

लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिए पनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भने उक्त विषयमा असहमत देखिएको छ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल