Birat Post सोमबार, चैत्र ०९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

चैते दशैँ शरद ऋतुमा मनाइने बडादशैँमा जस्तो बाहिरी उल्लास र चहलपहल चैते दशैँमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान् राम जन्मेको तिथि रामनवमी विशेष उल्लासका साथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ ।

चैते दशैँ चैत शुक्ल अष्टमीमा पर्द्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँलाई पर्वको रुपमा हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् ।

चैत्र महिनामा पर्ने नवरात्रिलाई वासन्तिक नवरात्र भनिन्छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रले यही नवरात्रमा भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसंग रामायणलगायत इतिहास पुराणमा पाइन्छ। रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो। यसरी शक्ति प्राप्त भएपछि रावणलाई पराजित गरी विजयोत्सवका रूपमा भगवानकै आज्ञाले विजया दशमी मनाउने गरिएको हो।

मार्कण्डेय पुराणमा स्वयं भगवतीले यस समयमा गरिने महापूजाको विधिसमेत बताउनुभएको छ। नवरात्रको प्रथम दिन विधिपूर्वक घटस्थापना गरी भगवतीलाई आवाहन गर्ने विधान छ। उक्त दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी दुर्गा सप्तशती, देवी भागवतलगायत पाठ गरिन्छ। नेपालमा जनजनमा उत्साह र उमंग जगाउने राष्ट्रिय पर्वका रूपमा शरद ऋतुमा पर्ने दसैं (चैते दसैं) मनाइन्छ।

नवरात्रभरि भगवतीको उपासना गरी शक्ति प्राप्त गरिन्छ र मान्यजनका हातबाट भगवतीको प्रसाद टीका र आशीर्वाद लिइन्छ। नवरात्रको अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भगवतीको पूजा–उपासना गर्नाले भगवतीको आशीर्वाद प्राप्त भई मानिसको कल्याण हुन्छ।

सम्बन्धित

ताजा अपडेट
चैते दशैं :कति छ यसको महत्व
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल