Birat Post बिहिबार, माघ २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

-कौशल निरौला
विराटनगरका उद्योगी तथा व्यवसायीहरूको आपसी द्वन्द्वको असर आकलन गर्न गाह्रो छ । औंद्योगिक शहरकारुपमा स्थापित मान्यता यसैपनि विराटनगरले भजाउन पाइरहेको छ । यसलाई अझ भन्नुपर्दा मोरङ,सुनसरी औद्योगिक करिडोरले अझ प्रख्यात छ । यसभित्र स्थापित उद्योगका आ -आफ्नै मुल्य र मान्यताहरु छन् । पहिलो पुस्ताबाट,दोस्रो र तेस्रो पुस्तामा हस्तान्तरणका चरणमा रहेका विभिन्न उद्योगहरु कति त बन्द भइसकेका छन् भने कति जेनतेन चलिरहेका छन् ।

राजनीतिमा जस्तै औद्योगिक क्षेत्रका पुस्ताहरु अझै पनि घिस्रिदै ब्यवसाय अगालिरहेका छन् । नयाँ पुस्ताले के गर्ने हो भन्ने शंका पुराना पुस्तामा कायमै छ । यद्यपी कतिपय नयाँ अनुहारका पुस्ताहरु पनि उद्योग सन्चालनको अगुवाइमा होमिएको देखिन्छ । यो सकारात्मक पक्ष हो । यी माथिका कुरा त उद्योगी,उद्योग र नयाँ पुस्ता आगमनका पक्षमा भए ।

अझै पनि केही समय तीन पुस्ताका उद्योगीहरु सगै-संगै हिड्नुपर्ने आबश्यकता छ, तर बाधा यहाँ देखिन्छ जुन पुरानै पुस्ताको अन्तरद्वन्दले नयाँ पुस्तालाई पनि गाज्न सक्छ । आज देखिइरहेको एक आपसको द्वन्द्वले कति समय सम्म असर गर्ला ? यो सोचनिय विषय छ । एकले अर्कोलाई असहयोग गर्ने परिपाटीले विराटनगरको औद्योगिक उत्थानमा प्रत्यक्ष  असर पारिरहेको छ ।

एउटाले मेला लगाउदा ,अर्को समुहले पनि त्यही सिको गर्नुपर्ने । एउटाले उद्योग खोल्यो भने ,अर्कोले उही प्रकृतिको उद्योग खोल्नुपर्ने । यसखाले होडहरु देख्न सकिन्छ । सकारात्मक प्रतिस्पर्धाको खाचो छ । एकले अर्कालाई खुइल्याउने परिपाटीको अन्त्य जरुरी छ । यसर्थ तेस्रो पुस्ताका उद्यमी युवाहरुले सकारात्मक सोचका साथ एकताको बाटो समाएर अगाडि बढ्न आबश्यक छ । यो पुस्ताले जवरजस्त हस्तक्षेप गरेर औद्योगिक क्रान्ति संगै मेलमिलापको क्रान्ति गर्न जरुरी छ । यो आज र भोलीको आबश्यकता हो ।
क्रमश :

२०७९।१०।२६ माघ ,बिहिबार

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल