Birat Post सोमबार, फाल्गुण ०१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

झापा ,२९ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं’ नाम दिइएको दुर्गा प्रसाईंको महाअभियान पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन्।

सोमबार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रमबीच पूर्वराजा शाहले उक्त महाअभियान उद्घाटन गरेका हुन्। बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले आयोजना गरेको कार्यक्रममा पूर्वराजा शाह आफ्नो परिवारसहित आएका हुन्।

पूर्वराजा शाहले शान्तिका प्रतीक सेता परेवाको जोडीसमेत उडाए। उद्घाटनमा केहीबेर बसेर पूर्वराजा शाहसहित उनको परिवारका सदस्यहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

पूर्वराजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए पनि सम्बोधन भने गरेनन्। पूर्वराजा शाह कार्यक्रमस्थलबाट हिँड्नेबित्तिकै महाअभियानका संयोजक प्रसाईंले उद्घाटन समारोहलाई सम्बोधन गरे।

उनले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिएका थिए। उनले भने, ‘एक करोड नेपालीलाई खाडी मुलुक पठाउने यस्तो गणतन्त्र हामीले कल्पना गरेका थिएनौँ। यस्तो गणतन्त्र किन चाहियोरु’

उनले सनातन धर्मको रक्षाका लागि अभियान थालिएको बताए। प्रसाईं सत्ता साझेदार दल नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन्।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल