Birat Post शुक्रबार, चैत्र १०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

सिराहा,१० चैत । सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीको मृत्यु भएको हो ।

ईटाभट्टाबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाइतेहरू ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईटा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना घाइते भएका थिए।

ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्थासमेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरु अङ्गभङ्ग हुनुको साथै ज्यान नै जाने गरेको छ। यसप्रति सरकोकारवालाहरूको ध्यान जान जरुरी रहेको स्थानीय बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल