Birat Post बिहिबार, चैत्र २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ चैत /

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ भीमपुरस्थित हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गंगादेवी श्रेष्ठले २०३० सालमा स्थापना गरेको हनुमान मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको हो । धन–गंगा स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रममा नवनिर्मित मन्दिरमा मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए ।

स्वर्गीय धनप्रसाद श्रेष्ठले २०३० सालमा मन्दिर स्थापनासँगै सो क्षेत्रमा स्वास्थ्य चौकीसमेत स्थापना गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हनुमानको नयाँ मूर्तिको प्रतिस्थापनका साथै पुननिर्माण गरेको मन्दिरमा पूजाको शुभारम्भसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिए । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उहाँले ठाउँ–ठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा राखे ।

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा धनप्रसाद श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । उनले श्रेष्ठकै पहलमा केशलियामा पुल निर्माण भएको बताउनुभयो । कार्यक्रममा बर्जु वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष जयप्रसाद यादव, निवर्तमान अध्यक्ष आनन्द यादव, वडा नम्बर ५ का निवर्तमान अध्यक्ष किशोरकुमार चौधरी, समाजसेवी बल्लभ श्रेष्ठ, सञ्चारकर्मी डा. सन्देशदास श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धनप्रसादका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ त्रिपुरा रानी श्रेष्ठको ५० लाख आर्थिक सहयोगमा मन्दिरको पुनर्निर्माण गरिएको आयोजक संस्थाका निश्चल श्रेष्ठले जानकारी दिए । मन्दिरको डिजाइन धनप्रसादका नाति इन्जिनियर उत्सव श्रेष्ठले गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल