Birat Post शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

आज २०८० बैशाख  २ गते शनिवार। १५अप्रील २०२३

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रेममा केही मनमुटावका रहला।आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला। शिक्षामा वाधा आउनेछ। मन विचलित रहला।मध्यान्न पछि रमाइलो छोटो यात्रा हुने छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वादिष्ट भोजन खान पाइनेछ। पारिवारिक मिलन ,जमघट हुने छ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धार्मिक तथा घरयासी कामकाजमा मन जानेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
घरायसी समस्याहरु संग सावधान हुनुहोस् । आर्थिक अभाव हुन सक्छ । मनमा उत्साह लिएर काम गर्नु होला मध्यान्न पछि राम्रो हुने छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
परिवारजनमा भेटघाटको अवसर जुट्ने छ । वाणीमा मधुरता आउने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ लुगा र खानपानको अवसर मिल्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
दैनिकीको सुरुवात धार्मिक काममा व्यतित हुने छ । पारिवारिक जमघटमा मन जाने छ । आर्थिक कारोबारमा मन्दी आएपनि उर्जा घट्ने छैन । खानपिनको राम्रो अवसर प्राप्त हुने छ । मनमा भने अनेक दुविधा आइरहने छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन्।मन चन्चल रहने छ । सानोतिनो धनार्जन होला । पारिवारिक जमघटमै दिनहरु वित्ने छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल