Birat Post आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राजतन्त्र स्वार्थी, फटाहा र मुर्खले मान्ने’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण रहेको जनाएको छ ।

एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र स्वार्थी, फटाहा, मुर्ख, अज्ञानी, दलाल र बुद्धि नभएकाहरुले मान्ने अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाउँदै आफ्नो अभिव्यक्ति फिर्ता लिन अध्यक्ष ओलीलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा  राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  लेखेका छन्, राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ । सँगसँगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल