Birat Post शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २९ वैशाख ।
नक्कली भुटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जुनसुकै तहका व्यक्ति भए पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले अहिलेसम्म गरिएको प्रहरी अनुसन्धान र कारवाही सन्तोषजनक भएकाले जनता साथमा छन् भन्नका खातिर पनि सडकमा आएको बताए । उनीहरूले सरकारले भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेको भन्दै प्रशंसा पनि व्यक्त गरे । कोणसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नक्कली भुटानी शरणार्थी काण्ड विश्वका सामु शीर निहुराउने खालको एउटा लज्जास्पद घटना भएको बताए । उनले यो घटनामा संलग्न व्यक्ति जतिसुकै ठूलो ओहोदाको भए पनि कारवाही गर्नुपर्नेमा जोड दिए ।

कोणसभालाई उक्त पार्टीका केन्द्रीय सदस्य तथा महानगर कमिटी इञ्चार्ज सेवन्तराज भण्डारी, महानगर कमिटी अध्यक्ष वीरेन्द्र यादव, जिल्ला कमिटी सहसचिव निलम ढुंगेल, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल