Birat Post मंगलबार, जेठ ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२ जेठ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभर अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभर अलग भेला गर्ने भएका हुन् । कांग्रेस नेतृत्वको सरकारले नेपाली समाजको रुपान्तरण अभियानमा अपेक्षित सफलता पाउन नसकेपछि अभियानकर्ताहरु राष्ट्रिय अभियानमा जुटेका हुन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतका नेताहरुले सो अलग्गै अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरवाट सुरु प्रदेश स्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

सात दशक लामो यात्रा पार गर्दै अघि बढेको नेपाली कांग्रेसका कमी कमजोरीहरुबाट फाईदा उठाएर देशको राजनीतिमा अहिले उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको कांग्रेस अभियानकर्ताहरु बताउँछन् । नेपाली कांग्रेसको ‘चाल, चरित्र र पहिचानलाई’ परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नदेखेका अभियानकर्ताहरुले वर्तमान चाल अर्थात् निर्णय प्रक्रिया, गतिविधी, वैचारिक यात्रा र सांगठनिक क्षमता एवं योग्यतामा सुस्तता र विराम लागेको र कांग्रेस भित्रै गैर–कांग्रेसीको प्रवेश गरेको ठम्याई रहेको छ ।

आज घोषित कार्यक्रम अनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ । साथै गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदुरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ । कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गर्न लागेको जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल