Birat Post बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको बारेमा राष्ट्रपतिबाट सरोकारवाला पक्षहरुसंग छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपक
कार्कीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा ‘होल्ड’मा रहेको बताएका हुन् । राष्ट्रपतिले विधेयकबारे सरोकारवाला पक्षसंग छलफल चलाइरहेको उल्लेख गर्दै उनले विधेयकको प्रमाणीकरण संवैधानिक बाध्यता मात्र भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘दोस्रो पटक तत्कालीन राष्ट्रपति ज्युले न त्यसलाई खारेज गरियो ,न त्यसलाई फेरि फिर्ता पठाउने प्रावधान थियो । न त्यसलाई अरु केही गर्न सकिने स्थिति नै थियो । प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता मात्रै थियो । संविधानले कहि कतै ठाँउ दिएको थिएन । तर राष्ट्रपति कार्यलयले त्यसलाई होल्डमा राखेको स्थिति छ । न फिर्ता न खारेज न अरु कुनै बाटो, त्यो होल्डमा छ राष्ट्रपति कार्यालयमै ।’

अव नयाँ सदन र नयाँ राष्ट्रपतिले होल्डमा रहेको विद्येयकलाई प्रमाणीकरण गर्ने या अरु कुनै बाटो छ भन्नेमा संविधानविद्, कानूनविद् राजनीतज्ञहरुसंग छलफल चलिरहेको उनको भनाई छ ।

जसपाका सांसद कार्कीले नागरिकतासँग सम्बन्धित प्रश्न गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानले कहिलेसम्म वंशजको नागरिकता प्राप्त गर्ने हो र वंशजको नागरिकता प्राप्त गरेकाले जन्मसिद्ध नागरिकता प्राप्त गरेको भन्दै नागरिकता विहीन भएका नागरिकले कहिलेसम्म नागरिकता प्राप्त गर्छन् भन्दै प्रश्न गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल