Birat Post बिहिबार, आषाढ ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,७ असार । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पूँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनायोजन गरेकी हुन् ।

आय तर्फ संघीय सरकारबाट सामानिकरण अनुदान १२ करोड ५८ लाख, संघीय सरकारबाट सर्शत अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय, प्रदेश सरकार सामानिकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विषेश अनुदान १ करोड, संघीय सरकार समपुरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपैया प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१।३६ प्रतिशत हो ।
आम जनतामा सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पुर्‍याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन् ।

यो कुल बजेटको १०।०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८।८५ प्रतिशत हो । यसैगरी कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ ।

खानेपानी तथा सरसफाईका लागि १८ लाख, साँस्कृतिक प्रवद्र्धन अन्तरगत भाषा, धर्म, संस्कृति, भेषभुषा संरक्षण र प्रवद्र्धनका लागि २२ लाख ६५ हजार विनियोजन गरेकोछ । यस्तै खेलकुद तथा मनोरञ्जन अन्तरगत गाउँपालिकाभित्र विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नका लागि ४ लाख, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासका लागि १९ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुलीले कटहरी गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरेर लैजानुपर्नेमा जोड दिए । उनले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको र स्थानिय पालिकाले वनाएका योजनाहरुमा सहयोग गर्ने बताए । सोही अवसरमा कटहरी गाउँपालिकाका योजना शाखा प्रमुख शम्भु सापकोटालाई नगद ५१ हजार रुपैयाँ सहित प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल