Birat Post बुधबार, साउन २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने गरेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले केही राजनीतिक दल र अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा भोटको लागि र द्वन्द्वनिम्त्याउन जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका आरोप लगाएका हुन् ।

उनले भने,‘म जोड दिएर भन्छु । केहि राजनीतिक दल, केहि व्यक्तिहरु र केही अन्तराष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवाद्वन्द्व स्थापनाका लागि होस् । जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका छन् ।’

अध्यक्ष लिङ्देनले नाम नलिइकन एकजना पूर्व प्रधानमन्त्रीले काठमाडौंका नेवारहरुले र गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खोस्नेकाम गरेको आरोप लगाएका छन् ।

‘एकजना पूर्वप्रधानमन्त्रीले असाध्यै जोडका साथ नेपालका आदिवासी जनजातीको पक्षमा लेख्नुहुन्छ बोल्नुहुन्छ तर जब प्रधानमन्त्री बन्नु भयो काठमाडौंका नेवारहरुले यहाँका गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खास्ने काम गर्नुभयो ।’ “उनले भने, देशमा मिलेर बसेका वीच भिडाउने प्रपन्च भइरहेको छ सचेत बनौ।”

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल