Birat Post बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,३२ साउन । संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए।

उनले अब नेपालमा आउने राजा नेपालीमाथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा आउनसक्ने उल्लेख गरे।

उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुन: सबै किसिमबाट समान हुने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको उल्लेख गरे।

‘यदि राजाले बुद्धि पुर्‍याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ। तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्छ,’ उनले भने।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल