काठमाडौँ ,३२ साउन । संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए।
उनले अब नेपालमा आउने राजा नेपालीमाथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा आउनसक्ने उल्लेख गरे।
उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुन: सबै किसिमबाट समान हुने बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको उल्लेख गरे।
‘यदि राजाले बुद्धि पुर्याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ। तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्छ,’ उनले भने।