Birat Post सोमबार, भाद्र ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,११ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा दुई कौडिको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठुलो संख्या रहेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा महासचिव विप्लवले देशप्रति गद्दार गर्नु र आमाप्रति गद्दार गर्नु उस्तै भएको भन्दै देशमा मालिकको अगाडी नाक रगडेर बस्ने दुई कौडीको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठुलो पंक्ति रहेको दाबी गरे ।

उनले भने,‘देशमामालिकको अगाडी नाक रगडेरबस्ने छन् । दुई कौडिको भिकको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको पंक्तिदेशमाछन् ।देशप्रतिगद्दार गर्नु र आमाप्रतिखगद्दार गर्नु उस्तै हो । आफ्नो कुर्सी र पदको लागिआमाप्रतिगद्दार गर्ने हुन्छन् । ’

महासचिव विप्लवले अहिले अमेरिका एक ध्रुवीय नभएकाले त्यसअन्तर्गत एमसीसीमा नेपाललाई घुसाइएको तर्क गरे । उनले भने,‘विश्वव्यापी ध्रुविकरणहुँदैछ अहिले अमेरिका एक ध्रुवीय छैन् । त्यस अन्तर्गत एमसीसीमा नेपाललाई घुसाईएको छ । सबैले बुझ्न जरुरी छ यसमा पार्टी कर्मचारी भएर होइन यसलाई नेपाली भनेर हेर्नुपर्छ ।’

त्यस्तै, १३ गतेदेखि एमसीसीलागु गर्न लागिएको भन्दै त्यो सफल नहुने चेतावनी दिए । ‘एमसीसी लागू गर्न १३ गते हस्ताक्षर हुने कुरा भएको छ रे । तर अमेरिकाले बुझिराखोस् । नेपालको प्रचण्ड सरकारले र सांसदहरुले पनि बुझिराखुन् नेपाली जनता अब आनन्दले कानमा तेल हालेर तिमिहरुको हस्ताक्षर हेरेर बस्न सक्दैनन्।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल