Birat Post बिहिबार, भाद्र २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ भदौ । मिड सोलु हाइड्रोपावरको साधारण सेयर शुक्रबार निष्कासन हुने भएको छ । कम्पनीको आईपीओ बिक्री बिहीबारदेखि सुरु हुने भनिएकोमा सार्वजनिक बिदाको दिन परेकाले प्रारम्भिक सार्वजनिक निष्कासन मिति एक दिन पछि सारिएको हाे ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रुपैयाँ बराबरको १०० अंकित दरका ६ लाख २१ हजार १७२ कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को अधिनमा रही भदौ १९ गते प्रकाशित आह्वान पत्रअनुसार साधारण सेयरको निष्कासन तथा बिक्री खुला मिति भदौ २८ देखि गर्ने उल्लेख गरिएकोमा सरकारले सार्वजनिक बिदा दिएको हुँदा सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन मिति भदौ २९ कायम गरिएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

शुक्रबारदेखि निष्कासन हुने साधारण सेयरका लागि छिटोमा असोज २ गते र ढिलाेमा असोज १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्न लागिएको एनआईसी एसिया क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिड सोलुले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल
आईजी कार्कीको बयान आज

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल