Birat Post आइतबार, भाद्र ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,३१ भदौ। शिक्षक संघ संघीय समितिका महासचिव (अर्थ) निर्मला कोइरालाले विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा हुने आन्दोलन निर्णायक विन्दुमा नपुर्‍र्याइ नरोकिने वताएकी छन् ।

विराटनगरमा सञ्चारकर्मीहरु संग वोल्दै महासचिव कोइरालाले आन्दोलन रहर नभएर वाध्यताका कारण गर्नुपरेको बताइन् । नेपाल शिक्षक महासंघले मंगलबारवाट काठमान्डौं केन्द्रीत आन्दोलन थालेको छ । जसका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा समेत बोलाई सकेको छ ।

यता ११ औँ राष्ट्रिय विज्ञान दिवस र राष्ट्रिय शिक्षा दिवसको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले वार्तामा आउन शिक्षक महासंघलाई आग्रह गरेका छन् । यद्यपी कोइरालाले नेपाल शिक्षक महासंघले लिएको आन्दोलनमा असोज ३ गतेदेखि विद्यालय बन्द गरेर देशभरका शिक्षकहरु सहभागी रहने बताइन ।

सरकारले वार्ताका नाममा पटक पटक धोका दिएकाले यसपटक भने शिक्षक नेताहरु चनाखो रहेको बताइन् । वार्ता वार्ताका लागि नभइ शिक्षकहरुका समस्या समाधानमा केन्द्रित रहनुपर्नेमा कोइरालाले जोड दिइन् ।समग्र शिक्षकहरुको एकजुट हुनुपर्ने कुरामा जोड दिदै कोइरालाले आन्दोलनले सार्थक उपलव्धी हासिल गर्ने कुरामा आफु विश्वस्त भएको बताइन् । सरोकारवालाहरु संग समन्वयनै नगरी सरकारको एकतर्फी निर्णयबाट आएको यो विधेयकका विषयमा आन्दोनलाई झुक्याउने ,मोड्ने , अतिरन्जित गर्ने तुहाउने काम हुन सक्ने भएकाले शिक्षक नेताहरु सचेत बन्नुपर्नेमा जोड दिइन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल