Birat Post मंगलबार, आश्विन ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ असोज । विराटनगरको आदर्श माध्यमिक विद्यालय प्राविधिक शिक्षा संचालन भएका सामुदायीक विद्यालयहरुमध्ये देश भरीमै सर्वोत्कृष्ट भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा विद्यालयले पुरस्कार प्राप्त गरेको हो ।

शिक्षण संस्थाको गुणस्तर तथा क्रियाकलाप भएका र प्राविधिक शिक्षा तथा ब्यवसायीक तालीम परिषदवाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संञ्चालन गर्ने विद्यालयलाई परिषदले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा विद्यालयले राष्ट्रिय स्तरमा ध्वजा ,प्रमाणपत्र र नगद रु एक लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ।

कोशी प्रदेशकै पुरानो यो विद्यालयमा अहिले प्राविधिक शिक्षा अन्तरगत डिप्लोमा इन सिभिल इन्जिनियरिङ ,डिप्लोमा इन कम्प्युटर इन्जिनियरीङ का साथै १८ महिने प्रि डिप्लोमा र २४ महिने एप्रेन्टिसिप तालीम पनि संचालन भइरहेका छन । यसै सन्दर्भमा पुरस्कार प्राप्त गरिसकेपछी विद्यालयका प्रध्यानाध्यापक सन्तोष पोख्रेलले खुसी व्यक्त गरेका छन् ।

पुरस्कार विद्यालयका अभिभावकहरुको माया , शिक्षक कर्मचारीको मेहनतवाट प्राप्त भएको हो । उनले भने ,” विद्यालयले गर्व महशुष गर्नुका साथै जिम्मेवारी थपिएको अनुभुती गरेको छ यो माया र साथ सधै मिलिरहने छ भन्ने विस्वास पनि लिएको छ ।”

सम्बन्धित

ताजा अपडेट
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का
गगन थापा समुहको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,थापाको राजीनामाबारे छलफल हुने
इजरायली आक्रमणपछि विश्वकै अस्तित्वमाथि खतरा : नेतान्याहु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल