Birat Post शनिबार, आश्विन ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,६ असोज । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् ।

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । उनले देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्नका लागि राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प नभएको गुनासो गरे ।

उनले भने, ‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प थिएन । हामी रहरले राहत शिक्षक भएका हौं रु गुणस्तरीय शिक्षक बन्छौं र सामुदायिक विद्यालय सुधार्छौ भनेर लागेका हौं । २० स्थायी व्यवस्थापन गर्नु पर्दैन रु हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ ।’

आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै उनले भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौं । नत्र माइतीघरमै बस्ने छौं ।’

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए । शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो । तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल