Birat Post शनिबार, आश्विन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ असोज । नैतिकताको आधार देखाउदै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गरी उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरें । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’

यस संगै कोशी प्रदेशमा संसदीय दलको नेता को बन्ला भन्ने विषयको वहस हुन थालेको छ । यस विषयमा नेपाली कांग्रेसका सचेतक भुपेन्द्र राइ संग जिज्ञासा राख्दा उनले पार्टीको विधि,विधान र वैठकले दिशानिर्देश गरेवमोजिम संसदीय दलको नेता चुनिने बताए ।

यद्यपी यस भन्दा अगाडिनै संसदीय दलको नेता बन्न चुनावको प्रतिस्पर्धामा उत्रेर हार बेहोरेका केदार कार्की शनिबार मात्रै मुख्यमन्त्री भइसकेका छन् । यस्तै अमृत अर्याल सोही समयमा भएको संसदीय दलको चुनावमा हार बेहोरेका थिए । यस संगै कांग्रेसवाट भीम पराजुली ,केदार कार्की र अमृत अर्यालको नाममाथी चर्चा र बहस हुन थालेको छ । यिनै मध्ये एकजना संसदीय दलको नेता चुनिने निश्चित जस्तै छ । यद्यपी हाल  राजनितिक कोर्सनै परिवर्तन भएको अवस्थामा भीम पराजुली संसदीय दलको नेता बन्ने सम्भावना बढेर गएको छ । यसका लागि संस्थापन पक्ष भीम पराजुलीलाई अगाडि वढाउनेमा लगभग एकमत देखिएको सम्वन्ध स्रोतको दावी छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल