Birat Post शनिबार, मंसिर ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ मंसिर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको नेतृत्व गर्नेहरुबाटै देशमा अराजकता सिर्जना भएको आरोप लगाएका छन् ।

शनिबार विराटनगरमा शंकर खरेलको लघुकथा ‘तृप्यन्ताम’ विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । मुलुक हाक्नेहरुलेनै देशमा अराजकता सिर्जना गरिरहेको कोइरालाको आरोप थियो । संघियता,गणतन्त्र कार्यान्वयनको दिशामा सरकार नगएको र जनअपेक्षा अनुरुप काम नहुदा चरम निराशा छाएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अराजक अभिव्यक्ति दिँदै हिड्ने गरेको बताउदै कोइरालाले देश गम्भिर मोडमा पुगिसकेको र यसलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

उनले भने, ‘विराटनगरमा आएर प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भन्छु भयो। त्यसपछि सुर्खेतमा पुगेर डेढ लाख नागरिक सडकमा उतार्ने कुरा गर्नुभयो। उहाँ के भन्दै हुनुहुन्छ ? उहाँका पछिल्ला अभिव्यक्तिलाई सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ। डेढ लाख जनता किन सडकमा उतार्नु पर्ने हो ? मैले बुझिनँ।’ सरकारको नेतृत्व लिएर सडकमा मानिस उतार्छु भन्ने र संघियताको मर्म अनुरुप काम गर्न पनि नसक्ने प्रवृति देखिएको छ ,त्यो देशका लागि दुभाग्य सावित हुदै छ ।

यस्तै, उनले एमालेलाई कोशीमा सहमतिमा सरकार बनाउन आग्रह गरे। उनले भने,’सहमतिमा सरकार बनाएर निकास दिनुपर्छ। सहमतिको कुरो अहिले पनि बिग्रिएको छैन।’ कार्यक्रममा सहभागी पूर्व मुख्य मन्त्री तथा एमाले संसदिय दलका नेता हिक्मत कार्की तर्फ शंकेत गर्दै कोइरालाले भने ,सरकार नछोड्नुस् भनेको थिए तर छोड्नु भयो ,विग्रिएको केही छैन अव सहमतिवाटै कोशी प्रदेशमा अगाडि वढ्नुपर्छ ।

यस्तै काठमान्डौं केन्द्रित भएर मंसिर ७ मा हुने भनिएको दुर्गा प्रसाइ नेतृत्वको आन्दोलन र सरकारले गर्ने संवोधनलाई आफुले नियालिरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो, कप्तान सावित्राको ह्याट्रिक
माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न गिरिजाप्रसाद कोइरालाको नेतृत्व निर्णायक थियो : नेता भीम पराजुली
एएफसी महिला एसियन कप छनोट : आज नेपाल र श्रीलंका भिड्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल