Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काभ्रेपलाञ्चोक,२३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताएका हुन् ।

स्वास्थ्य सेवा सबैमा पु(याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै उनले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताए । मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो ।

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा डा सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरिएको सेवा अहिले काभ्रे जिल्लामा मात्र नभएर सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएकामा त्यसको सराहना गरे ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल