Birat Post बुधबार, पुष ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुष । एकीकृत राष्ट्रिय संघर्ष समितिले अभिभावकीयरुपमा राजसंस्था स्थापित गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने भएको छ ।
नेपाल विद्वत परिषद ,नेपाल सद्भावना मंच र विभिन्न राजावादी शक्तिवीच एकिकरण भइ बनेको एकीकृत राष्ट्रिय संघर्ष समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी पुष २७ गतेबाट आन्दोलनका कार्यक्रम तय गरिने जानकारी दिएको हो ।

संघर्ष समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले पत्रकार सम्मेलनमा बोल्दै भने, “हामी नेपालमा अभिभावकीयरुपमा राजा र राजसंस्था हुनुपर्नेमा माग उठाई रहेका छौं ।, भइरहेका दलहरु संगै राजा पनि अटाउने वातावरण सवै नेपाली जनताको माग भएको र यसलाई संवोधन गर्नुपर्छ ।” उनले देशभरका राजावादी,राष्ट्रवादी शक्तिहरु एकिकृत हुदै जाने र दलहरु र सरकारलाई दवाव दिने बताए ।

दलहरु यो विषयमा समयमै नसचिए अवस्था र व्यवस्था परिवर्तनका पक्षमा जनआन्दोलन हुने भन्दै उनले त्यस पछाडिको के हुन्छ यसै भन्न नसकिने वताए । राजा हुदा देशको स्वाभिमान नगिरेको तर अहिले खुलेयाम  अन्तराष्ट्रिय हस्तक्षेप बढेको भन्दै दाहालले चिन्ता व्यक्त गरे । उनले आन्दोलनलाई सशक्त बनाउन नेपाल सदभावना मञ्चका राष्टिय अध्यक्ष बद्रिप्रसाद मण्डल र नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेललाई संघर्ष समितिको सल्लाहकार र २५ सदस्यीय संघर्ष समिति चयन गरिएको दाहालले जानकारी दिए । समितिले माघ १ गतेदेखि कोशी प्रदेशका सबै स्थानीय पालिकामा संघर्ष समिति गठन गर्ने तयारी गरेको छ ।

समितिको अध्यक्षमा बल्लभप्रसाद दाहाल,बरिष्ठ उपाध्यक्ष दिनेश राउत,उपाध्यक्ष रमा प्रसाइ,बरिष्ठ सचिव पुष्पराज दाहाल ,सचिव पन्नालाल राजबंशी,सहसचिव सन्दिप घिमिरे रहेका छन् । यस्तै सदस्यहरुमा नगेन्द्रकुमार माझी,नारायण लुइटेल,महमुद अन्सारी,कपिल पोखरेल,रामाशिष कामत,मुन्नालाल माझी,राजकुमार राजबंशी,लक्ष्मण राय अमात,नन्दलाल मुखिया,म.सैनुल मिया,गणेशकुमार मोदी,डा.श्रीकान्त शाह,तेज नारायण राजबंशी,धिरेन कार्की,रामदयाल विश्वाुस,कालुराम माझी,अवु गुरङ,अशोक मुखिया र सन्तोष पोखरेल रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल