मोरङ व्यापार संघ एक्स्पो : उत्साहजनक सहभागिता सहित सम्पन्न हुदैछ : अध्यक्ष नविन रिजाल

पूर्वसन्ध्यामा मोरङ व्यापार संघ एक्स्पो : उत्साहजनक सहभागिता ,झण्डै ७ करोडको कारोवार

Birat Post आइतबार, पुष १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१५ पुस ।

मोरङ व्यापार संघद्धारा आयोजित “मोरङ व्यापार संघ  एक्स्पो” समापनको चरणमा पुगेको छ । पुस ६ गते देखि सुरु भएको एक्स्पो १६ गते अर्थात् सन् २०२३ को बिदाई सँगै सन् २०२४ लाई स्वागत गर्दै समापन हुनेछ । संघका पदाधिकारी तथा सदस्यहरुको अथक मेहनतले कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन लागेको हो ।

एक्स्पो आयोजक तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटपोष्ट संग कुरा गर्दै ऐतिहासिकरुपमा मेला सम्पन्न हुनलागेको बताए । उनले आर्थिक मन्दीले व्यवसायी तथा उपभोक्तामा समेत विचलन आएको वेला यसखाले मेलाले उत्साह भर्ने गरेको वताए । रिजालले मेलामा उत्साहवर्धक सहभागिता रहेको र यसलाई सोही अनुरुप व्यवस्थापन गरिएको जानकारी दिए । उनले भने , “यतिनै रकमको कारोबार भयो भन्दा पनि अनुमानित ७ करोड माथिनै भयो भन्ने हाम्रो अनुमान छ । यसवारे हामी जानकारी दिनेनै छौ ।”

एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २३० भन्दा बढि औद्योगिक स्टल रहेको छन् । एक्स्पो संयोजक रहेका अनिल साहले सवैको साथ सहयोेगमा मेलालाई सभ्य र भव्य वनाउन सफल भएको धारणा गरेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल