Birat Post सोमबार, माघ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ माघ । आदिवासी सन्थाल समुदायले सोहराई पर्व मनाउदै छन् । कोशी प्रदेशका झापा,मोरङ ,सुनसरी जिल्लाका सन्थाल अगुवाहरुले यो पर्व हर्षउल्लासका साथ मनाउने तयारी गरिएको जानकारी दिएका छन् ।

नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले यो पर्व मनाउन अभियाननै गरिएको जानकारी दिए । झापाका केही गाउँपालिकाहरुले यो पर्वको अवसरमा विदा दिएका छन् । अन्य जिल्लाहरुमा भने विदा दिएको छैन ।

६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दे सन्थाल समुदायले मनाउँदै आएका हुन् । पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरी यो पर्व मनाउन सुरु गरेका हुन् ।

पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यसदिन सन्थाल समुदायका मानिस नुहाइधुवाइ गरी घर आंगन सफा गरेर चोखिने काम गर्छन् । यसैदिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।

‘गड’ पूजामा जराङ बुरु,गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पीठो,मेथी,सुपारी,लड्डु र कुखुराको बलि दिएर पूजा गर्ने गरिन्छन् । सो ठाउँमा पूजा सम्पन्न गरेपछि समुदायका मानिसहरुले प्रसाद ग्रहण गर्छन जसलाई सन्थाली भाषामा ‘सुडे’ भनिन्छ ।

यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाइन्छ । समुयदायका युवायुवतीहरु यसदिन सोहराय नाच प्रस्तुत गर्छन् । सोहराय पर्वको तेश्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ ।

यसदिन समुदायका मानिसले विशेषगरी गाइगोरुसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् । सोहरायको चौथोदिन गाउँका मुखियासहित समुदायका मानिस समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ ।

यसदिन युवायुवतीहरु समेत समूह बनाएर पारम्परिक गीतमा नृत्य गर्दै घरघरमा गएर धानचामल र पैसा माग्ने गर्छन् । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामांकरण गरिएको सन्थाल अगुवाहरु बताउँछन् ।

सोहरायको पाँचौदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा मनाइन्छ । यसदिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । सन्थाल भाषामा माछालाई हाकु र गंगटोलाई काट्कोम भनिने भएकाले यसदिनलाई ‘हाकुकाट्कोम’कोरुपमा नामाकरण अगुवा पन्नलाल हेमरमले बताए ।

यो पर्वको छैठौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन छ । पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहेपनि पछिल्लो समय यो ब्यवहार लोप हुंदै गएर अहिले गांउघरमै भएका मासुयोग्य जनावरलाई शिकार गरेर बाँडिचुँडि खाने चलन रहेको छ ।

‘साकरात’का रुपमा मनाइने यसदिन गांउ बाहिरको खुला ठांउमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल