Birat Post बुधबार, चैत्र १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। उनीहरूबीच बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा भेट भएको हो।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको भेटमा सहभागी भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए। उनका अमेरिकी संसदमा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी सम्बन्धि छलफल भएको विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेका थिए।

राजदूतबाट नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको अध्यक्ष लिङ्देनलाई जानकारी गराँउदै अमेरिकी सहयोग विभिन्न क्षेत्रको अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रीत रहेको प्रष्ट पारे।

साथै नेपालको धार्मिक सद्भाव, एकता उत्कृष्ट रहेको विचार राख्दै नेपालबाट चोरी भइ अमेरिका पुर्‍याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठ मन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए।

 

सम्बन्धित

ताजा अपडेट
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइँदै
रेबिज लागेर एक जनाको मृत्यु
राजावादीले आज नयाँ चरणको आन्दोलनको घोषणा गर्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल