Birat Post सोमबार, चैत्र २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा,२६ चैत ।
विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो ।

गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले “जोखिम न्यूनीकरणमा साझेदारी, हाम्रो जिम्मेवारी”, “नगरौँ है चोरीको धन्दा, परिएला कानूनको फन्दा”, “सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा”, “सुरक्षा प्रतिमा चासो, दर्घटनाबाट बच्ने साँचो” लगायतमा नारा लगाएका थिए ।

कार्यक्रममा गौरादह वितरण केन्द्रका प्रमुख सागर पोखरेलले विद्युतीय सुरक्षा अनिवार्य आवश्यकता रहेको भन्दै विद्युतीय सामाग्रीको प्रयोगमा सजगता अपनाउनुपर्ने बताए । नेपाल विद्युत प्राधिकरणले सोसाइटी अफ इलेक्ट्रकल इन्जिनियर्ससँगको सहकार्यमा विद्युतीय दुर्घटना न्यूनीकरणका लागि चेतना बाँड्ने उद्देश्यले २०७३ सालदेखि हरेक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल