Birat Post मंगलबार, चैत्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ चैत ।प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । १५ मिनेटका लागि भनि स्थगित गरिएको बैठक बुधबार बिहान ११ बजेससम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ ।

आजको बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गरिन् । उनले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक रु एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गरिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिईरहे पछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे थियाे । तर, सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर स्थगित भएकाे हाे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल