Birat Post शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

इलाम,१४ बैशाख । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १५ गते (भोलि) हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनले आफूहरू निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताए । उनले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरू पनि निर्माण भइसकेको बताए । उनले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताए ।

उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउने बताए । उनले मतदाताहरू मतदान गर्नका लागि उत्सुक भई मतदान स्थलहरूमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताए । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरूलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताए । उनले मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणना स्थलमा लैजाने बताए ।

उनले भने, ‘हामी निर्वाचनको अन्तिम चरणमा छौँ । मतदानको पर्खाइमा छौँ । हाम्रा मतदान अधिकृत, सुरक्षाकर्मीहरू सबै आफ्नो आफ्नो स्थानमा खटिसक्नुभएको छ । मतदान केन्द्रहरू पनि निर्माण भइसकेको छ । लगायत मतदानका लागि आवश्यक सामग्री पुगिसकेको छ । भोलिका लागि निर्धारित समय भनेको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म छ ।

मतदाताहरू पनि इच्छुक भएर मतदान केन्द्रमा आउने, हाम्रा गतिविधिहरू निरीक्षण गर्नुभएको छ । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । यसमा ७९ वटा मतदान स्थल छन् । १४९ वटा मतदान केन्द्र छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहनुभएको छ । यो सङ्ख्यामा पुग्नेगरी मतपत्र लगायतका सामग्री तयार पारिसकेका छौँ । अहिले हामीसँग करिब २,२२५ को सङ्ख्यामा सुरक्षा टोली छ । मतदातालाई निर्भीकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएका छौँ । सुरक्षित किसिमले मतपेटिका सम्बन्धित ठाउँमा लग्नेछौँ ।’

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल