Birat Post शुक्रबार, जेठ ३२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,३२ जेठ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङ क्षेत्र नं. ४ को प्रथम अधिवेशन सुरु भएको छ । ग्रामथान गाउँपालिका स्थित नेताचोकमा भएको उक्त कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गरेका छन् । कार्यक्रममा बोल्दै पराजुलीले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताए ।

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्नका लागि कांग्रेसले ठूलो भुमिका खेलेको बताए । कांग्रेसलेनै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको नेता पराजुलीले स्मरण समेत गरे ।

आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन आवश्यक रहेको र त्यसको लागि स्वंय नागरिकहरुमा समेत चेतनाको आवश्यकता रहने बताए । उनले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अव पनि सोही अनुरुप अगाडि बढ्ने बतााए ।

पार्टिका हरेक गतिविधिमा सामेल भएर अधिकारप्राप्तिको बाटोमा अग्रसर बन्न उनले आग्रह गरे । उनले गुट उपगुट त्यागेर नयाँ सिरावाट कांग्रेसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै नेता पराजुलीले कोशी प्रदेशले ल्याउन लागेको बजेटमा प्रतिपक्षिदलहरुलाई बाइपास गरेर ल्याउन खोजिएको भन्दै आपत्ति जनाए । मुख्यमन्त्री र नजिकका मानिसहरुलाई खुसी पार्ने खालको बजेटले जनताको अपेक्षा र भावनालाई कदर गर्न नकिने बताए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष रेखबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सह-सचिव प्रमिला गच्छदार ,कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री दीलिप गच्छदार, मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी,जिल्ला सचिव मोदराज घिमिरे लगायतले कार्यक्रम सफलताको सुभकामना प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल