Birat Post शनिबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असार ।

विराटनगर- ८ मा रहेको बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) विराटनगरको १५ औं वार्षिकोत्सब, सामुदायिक भवनको उद्घाटन तथा दाता सम्मान कार्यक्रम एक साथ गरिएको छ ।नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले धार्मिक मुल्य मान्यता,भाषा संस्कृतिको जगेर्नामा गर्नु आजको आवश्यकता भएको बताए । नयाँ पुस्तामा सामाजिक ,धार्मिक तथा नैतिक शिक्षा दिन आवश्यक रहेको सुझाए । कतिपय सामाजिक तथा नैतिक पक्षहरु कमजोर बन्दा पुराना पुस्ता र नयाँ पुस्ताको समन्वयमा समेत समस्या देखिने गरेको बताए । समाज सन्तुलनमा हिडाउन सवैखाले विषयवस्तु आवश्यक रहने भन्दै पराजुलीले धार्मिक मुल्य मान्यताका कुरालाई जोगाएर अगाडि बढ्नुपर्ने बताए ।उनले मन्दिर तथा सामुदायिक भवन निर्माणमा सघाउने र सम्मानित हुनेहरुलाई धन्यवाद  ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न दाता तथा सुभेच्छुकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लिला खरेल, प्रविन प्रमिला जोशी, अरुण वर्खा न्यौपाने, बेनीगोपाल मुन्दडा,रामकृष्ण नेपाल,मात्रिका पोखरेल, गणेश मुखिया, रोहित कार्की, राजकुमार मण्डल, योगेश भट्टराइर्, उज्जल प्रसाई, गौरव गाडोदिया, श्रवण अग्रवाल , निर्मल सुवेदी, दीपक ढुङ्गेल, प्रभु साह, अर्पना दाहाल पन्त लगायत २२ जनालाई सम्मान गरिएको मन्दिरका अध्यक्ष विनायक पन्तले जानकारी दिए । उक्त सामुदायिक भवन २२ लाखको लागतमा बनाइएको छ । अध्यक्ष पन्तकै अगुवाईमा मन्दिर समुन्नत बन्न पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल